
खबरबाकस \ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा पनि परेको छ ।
हेटौंडामा मंगलबार बिहानैदेखि सार्वजनिक सवारीहरू नचले पनि निजी सवारीमा मोटरसाइकल, तथा गाडीहरु चलिरहेको थियो ।
अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु पनि गुडिरहेका देखिन्छ । हेटौंडाको मुख्यबजार सुनसान रहेका छन् भने भित्रीबाटोहरुमा भने सवारी साधनहरु गुडिरहेका छन् । हेटौंडामा सुरक्षा व्यवस्था भने कडा पारिएको छ ।
पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले आज कात्तिक ३० गते बन्द आह्वान गरेको थियो ।
नेकपाले बन्दको पूर्वसन्ध्यामा हेटौंडामा सोमबार साँझ मसाल जुलुस गरेको थियो ।
तस्विरमा हेटौंडाबजार:


















