मुख्य खबरसमाचारफिचर

क्षेत्र १ प्रदेश सभा (ख)को सभापतिमा बानियाँको उम्मेदवारी

संवाददाता

खबरबाकस \ नेपाली कांग्रेसको महाधिवेशनले कांग्रेसजनहरुमा चुनाव लागेको छ । मकवानपुरमा वडा र पालिकाको चुनाव दशैं अगाडी नै सकिएको छ । केन्द्रीय कार्यालयबाट प्रदेश सभा क्षेत्र र संघीय अनि जिल्लाको चुनाव तालिका सार्वजानिक लगत्तै चुनावी माहोल सुरु भएको छ ।

मकवानपुर जिल्लामा २ वटा प्रतिनिधि सभा क्षेत्र र ४ वटा प्रदेश सभा क्षेत्र रहेका छन् । मकवानपुरको प्रतिनिधि सभा १ को प्रदेश सभा (ख)को सभापतिको लागि युवा नेता राजेश बानियाँले आफ्नो उम्मेदवारी अघि सारेका छन् । तत्काल नेपाली कांग्रेसबाट आम जननिर्वाचनमा हेटौंडा उपमहानगर वडा नम्बर ५ को निर्वाचित वडा अध्यक्ष बानियाँले अब प्रदेश सभा क्षेत्र (ख) को सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

२०४९ सालमा सादरण सदस्यबाट राजनिति क्षेत्रमा प्रवेश गरेका बानियाँ २०५८ सालमा पार्टीको क्रियाशील सदस्य लिएका थिए । २०६४/०६५ मा तरुण दल जिल्ला सदस्य बनेका नेता बानियाँ १३ औं महाधिवेसनको वुथ प्रतिनिधि रहेका थिए । विभिन्न कालखण्डको आमनिर्वाचनमा सक्रिय भूमिका निभाउदैं पार्टीमा योगदान गर्दै आइरहेका बानियाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगर वडा नम्बर ५ को वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिको रुपमा सेवा दिइरहेका छन् ।

सहयोगी भावनाका युवा नेता बानियाँ मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) अन्तरगत सभापतिमा आफ्नो उम्मेदवारी अघि सारेका हुन् ।

क्षेत्र १ को प्रदेश सभा (ख) अन्तरगत हेटौंडा उपमहानगरको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १०, १२,१३, १४, १५ वडाहरु पर्दछन् ।