
खबरबाकस \ आज कात्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह र विशेष पूजा गरी हरि बोधनी एकादशी पर्व मनाइँदैछ ।
असार शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो ।
तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
मकवानपुरमा हरिबोधनी एकादशीको दिन ठुलो जात्रा लाग्ने गर्दछ । मकवानपुरमा विशेषगरी मकवानपुरगढी दरबारमा रहेको बंशगोपाल मन्दिर, भीमफेदी गाउँपालिका वडा नम्बर २ मा रहेको त्रिखण्डेश्वर मन्दिर र थाहानगरपालिका दामनमा रहेको ऋखेश्वर मन्दिरमा जात्रा लाग्ने गर्दछ ।
त्रिखण्डेश्वर मन्दिरमा लागेको जात्रा तस्विरमा



























