
खबरबाकस \ नेपाली कांग्रेसको महाधिवेशनले कांग्रेसजनहरुमा चुनाव लागेको छ । मकवानपुरमा वडा र पालिकाको चुनाव दशैं अगाडी नै सकिएको छ । केन्द्रीय कार्यालयबाट प्रदेश सभा क्षेत्र र संघीय अनि जिल्लाको चुनाव तालिका सार्वजानिक लगत्तै चुनावी माहोल सुरु भएको छ ।
मकवानपुर जिल्लामा २ वटा प्रतिनिधि सभा क्षेत्र र ४ वटा प्रदेश सभा क्षेत्र रहेका छन् । मकवानपुरको प्रतिनिधि सभा २ को प्रदेश सभा (क)को सभापतिको लागि युवा नेता ओम बहादुर बस्नेतले आफ्नो उम्मेदवारी अघि सारेका छन् । तत्काल नेपाली कांग्रेस मकवानपुरको क्षेत्रीय सचिव रहेका बस्नेतले अब प्रदेश सभा क्षेत्र (क) को सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
विद्यार्थी राजनितिबाट राजनिति क्षेत्रमा प्रवेश गरेका बस्नेत २०५१ मा नेपाल विद्यार्थी संघ शारदा मावि आमभञ्ज्याङको सभापति बने । त्यसपछि २०५४ नेवि संघ बानेश्वर क्याम्पसको एकाई समिति सदस्य रहेर काम गरेका बस्नेत सोही वर्षको स्वतन्त्र विद्यार्थी युनियनको उपसभापति बनेका थिए ।
बानेश्वर क्याम्पसमा २०५७ मा सभापतिको प्रत्यासी बनेका बस्नेत २०६६ सालमा नेवि संघको केन्द्रीय सदस्य बनेका थिए ।
लामो समय विद्यार्थी राजनितिमा खर्चिएका बस्नेत २०७२ मा नेपाली कांग्रेस मकवानपुरको क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्य बनेका थिए । सक्रिय रुपमा राजनितिमा लागेका उनी २०७३ मा क्षेत्रीय सचिवको जिम्मेवारी बहन गर्दै आइरहेका छन् ।
२०६४, २०७०, २०७४ को चुनावमा अहम भूमिका निभाउदैं सक्रिय राजनिति गर्दै आइरहेका बस्नेत संघियता पश्चात अनुरुप मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) अन्तरगत सभापतिमा आफ्नो उम्मेदवारी अघि सारेका हुन् ।
क्षेत्र २ को प्रदेश सभा (क) अन्तरगत मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ५,६,७,८, हेटौंडा उपमहानगरको वडा नम्बर १ र ११, उत्तरी क्षेत्रको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिका पर्दछन् ।








