मुख्य खबरसमाचारफिचर

बागमती प्रदेशमा थपिए मन्त्री, जम्कट्टेल र लामाले लिए सपथ

संवाददाता
खबरबाकस \  बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहिबार मन्त्रीपरिषद विस्तार गरेका छन् ।                                                                                                                पाण्डेले बिहिबार २ जना मन्त्री नियुक्त गरेका हुन् ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्रीमा नेपाली कांग्रेसका सांसद निमा लामा ह्योल्मोलाई नियुक्त गरेका हुन् ।

उनीहरुलाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् । अब पाण्डेको नेतृत्वको मन्त्रीमण्डल ६ सदस्यीय भएको छ । मन्त्रालय विभाजन गरी थप मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री पाण्डे रहेका छन् ।