
खबरबाकस \ बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार सभामा विश्वासको मत सम्बन्धी छलफल पश्चात उहाँले मतदान प्रक्रियाबाट मत प्राप्त गर्नुभएको हो ।
छलफल पश्चात सभामुख सानुकुमार श्रेष्ठले पक्ष र विपक्षमा मतदान प्रक्रिया अघि बढाउनुभएको थियो ।
सोही अनुरुप मुख्यमन्त्री पाण्डेले विश्वासको ५९ मत प्राप्त गरे भने विपक्षमा भने ४३ मत रहेको थियो । नेमकिपाले भने तटस्थ बसेको थियो । मतदान प्रक्रिया पछि मत सच्याउन सभामुखले ३ मिनेट समय दिनुभएको थियो ।
प्रदेश सभामा १०९ जना सदस्य मध्ये सोमबार मतदान प्रक्रियामा भने १०४ जना सदस्यले सहभागिता जनाउनुभएको थियो । सभामुख श्रेष्ठले अर्को सुचना नहुञ्जेल बैठक स्थगित गर्नुभएको छ ।








