मुख्य खबरसमाचारफिचर

विवेकशील साझा पार्टीले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने

संवाददाता

विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विश्वासको मत नदिने भएको छ ।

विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलको नेता रमेश पौड्यालको अध्यक्षतामा हिजो आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

बैठकले मन्त्रालय विभाजन गरी जम्बो मन्त्री मण्डल बनाउने कार्य अनुचित भएकाले मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा प्रस्तुत गरिएको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता पौड्यालले बताए ।

‘प्रदेश सरकारले साविक मन्त्रालयहरू फुटाइ जम्बो मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेकाले हाम्रो संसदीय दलको बैठकले मन्त्रालय फुटाउने कार्यको औचित्य पुष्टि हुन नसक्ने ठहर गरेको छ ।