मुख्य खबरसमाचारफिचर

क्षेत्र १ प्रदेश सभा (क)को सभापतिमा श्रेष्ठको उम्मेदवारी

संवाददाता

खबरबाकस \ नेपाली कांग्रेसको महाधिवेशनले कांग्रेसजनहरुमा चुनाव लागेको छ । मकवानपुरमा वडा र पालिकाको चुनाव दशैं अगाडी नै सकिएको छ । केन्द्रीय कार्यालयबाट प्रदेश सभा क्षेत्र र संघीय अनि जिल्लाको चुनाव तालिका सार्वजानिक लगत्तै चुनावी माहोल सुरु भएको छ ।

मकवानपुर जिल्लामा २ वटा प्रतिनिधि सभा क्षेत्र र ४ वटा प्रदेश सभा क्षेत्र रहेका छन् । मकवानपुरको प्रतिनिधि सभा १ को प्रदेश सभा (क)को सभापतिको लागि युवा नेता सुशान्त कुमार श्रेष्ठले आफ्नो उम्मेदवारी अघि सारेका छन् । तत्काल नेपाली कांग्रेस मकवानपुरको निर्वाचित जिल्ला सदस्य रहेका श्रेष्ठले अब प्रदेश सभा क्षेत्र (क)को सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

२०६४ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य लिएका श्रेष्ठले सोही सालदेखी हाल सम्म पार्टीको लागि सक्रिय राजनितिक भूमिका निभाउदैं आएका छन् । २०६४ र २०७० को चुनावमा इन्द्र बहादुर बानियाँको चुनावमा अहम भूमिका निभाउदैं २०७४ को स्थानीय र प्रदेश/संघीय चुनावमा सक्रिय रुपमा खटिएका श्रेष्ठ २०७२ मा निर्वाचित जिल्ला सदस्य बनेका थिए ।

नेपाली चलचित्र निर्माण सँगै अभिनयमा पनि सक्रिय रहेका श्रेष्ठ पार्टीको साँस्कृतिक विभागको प्रमुख भई केन्द्रीय सभापतिको उपस्थितीमा बृहत साँस्कृतिक कार्यक्रम गरी पार्टीलाई अझ माथी उठाउन सहयोग गरेका थिए । साविक हर्नामाडी हाल हेटौंडा १८बाट कुशस राजनिति गरेका उनी चुनावमा हर्नामाडीको लिडरको रुपमा खडा भइरहन्छ ।

क्षेत्र १ को प्रदेश सभा (क) अन्तरगत मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १,२,३,४, हेटौंडा उपमहानगरको वडा नम्बर १६,१७,१८, पुर्वी क्षेत्रको बकैया गाउँपालिका र बागमती गाउँपालिका पर्दछन् ।