मुख्य खबरसमाचारफिचर

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

संवाददाता

खबरबाकस \ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आज विश्वासको मत लिने तयारी छ । त्यसका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे गत ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारसहित गठबन्धनका दलहरु सहभागी सरकारको आउँदो साझा कार्यक्रमहरु सार्वजनिक गर्ने बताएका छन् ।