
खबरबाकस \ हेटौंडा १६ बस्ने अनन्त खतिवडाका छोरा रोहन एपाल्स्टिक एनिमिया रोगबाट ग्रसित भई उपचारत रहेको अवस्थामा हेटौंडा १६ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस हेटौंडा नगर उपसभापति रामकृष्ण कोइराला सहितको टोलीले नगद सहयोग गरिएको छ ।
पाटन अस्पतालमा उपचार भइरहेको र आर्थिक स्थिती कमजोर भएकाले बोनम्यारो फेर्नु पर्ने डाक्टरहरुको भनाइ अनुरुप ५० लाख खर्च हुनाले सहयोगको लागि अनुरोध पश्चात कोइराला सहित नेपाली कांग्रेस वडा नम्बर १६ को समितिले संकलन गरिएको एक लाख ८ हजार हस्तान्तरण गरिएको हो ।
एकमुष्ठ संकलित नगद विरामी रोहनकी ममि रन्जिता तिमल्सिना खतिवडालाई बुझाइएको थियो । नगद बुझाउदैं वडा अध्यक्ष कोइरालाले वपडाबाट ५० हजार पनि उपलब्ध गराउने बताएका छन् ।
कोइराला, पिताम्बर गौतम, महेश ढकाल, कृष्ण पनेरु र शीवप्रसाद फुयाँलले १५-१५ हजार, टिका प्रसाद गौतम र इवनाथ दंगालले १०/१० हजार अन्य सहयोगीहरुले गरी एक लाख ८ हजार संकलन भएको कोइरालाले बताए ।








