मुख्य खबरसमाचारफिचर

बागमती प्रदेशसभाको बैठक भोली बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने

संवाददाता

 खबरबाकस \ बागमती प्रदेशसभाको बैठक भोली बस्ने भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक भोली दिउसो ३ बजेका लागि बोलाईएको सभामुख सानु कुमार श्रेष्ठले बताए ।

भोली दिउसो ३ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा भ्याए सम्म भोली नै मुख्यमन्त्रीले विश्वासको मत लिने तर नभ्याए मात्र पर्सी विस्वासको मत लिने सभामुख श्रेष्ठले जानकारी दिए।

यता मुख्यमन्त्रीका निजि सचिब अच्युत लामिछानेले भोलीनै मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिएको बताए । विस्वासको मत लिएर मात्र अरु मन्त्रीहरु थप्ने र मन्त्रालयहरु फुटाउने तयारी गर्नु भएको हो ।