
खबरबाकस \ बागमती प्रदेशको राजधानी हेटौंडामा नेवाः समुदायले नेपाल सम्वत ११४२ मनाएका छन् । न्हु दँ मूल समारोह समितिका संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षता तथा नेपाल भाषा खलः मकवानपुरका संरक्षक रुद्रहरि जोशीको प्रमुख अतिथ्यतामा नेपाल सम्वत मनाईएको हो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, नेपाली कांग्रेसका अशोक शाक्य, राप्रपाका नेता सिताराम बर्तौला लगायत नेपाल भाषा खलः, नेवाः गुठी रनेवा साँस्कृतिक पुचःका व्यक्तित्वहरुको अतिथ्यता रहेको थियो ।
नयाँ वर्ष नेपाल सम्वत ११४२को शुभकामना आदानप्रदान सँगै हेटौंडाको मुख्य बजार क्षेत्र पिपलबोट सुरुभएको झाँकी सहित ¥याली हरिकुञ्जरोड, पारिजातपथ, स्कुलरोड, टिसीएन रोड, बसपार्क हुदैं राप्तिरोडबाट बुद्धचोक हुदैं मकवानपुर उद्योग वाणिज्य संघ चोकबाट पुनः देवीहल रोडबाट पिपलबोट पुगी समापन गरिएको थियो । हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल सम्वतको सुरुवात गराएका थिए ।
नेपाल सम्वत मनाइएको तस्विरमा हेर्नुस् :
































