मुख्य खबरसमाचारफिचर

नेपाल संवत मौलिक राष्ट्रिय संवत: राष्ट्रपति

संवाददाता

काठमाडौं \  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत नेपालीको मौलिक राष्ट्रिय संवत भएको बताएकी छिन् ।

नेपाल संवत ११४२ को अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले नेपाल संवत नेपालीको मौलिक राष्ट्रिय संवत भएको बताएकी हुन् ।

लिच्छविराजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाःले यस संवतलाई प्रचलनमा ल्याएको बताउँदै राष्ट्रपति भण्डारीले  राष्ट्रिय विभूति साख्वाःको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको हित‚ उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।