मुख्य खबरसमाचारफिचर

मकवानपुरको चिसापानी गढीमा पूर्वाधार निर्माणको शिलान्यास

संवाददाता

 खबरबाकस \ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा रहेको चिसापानी गढी क्षेत्रमा संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यास गरिएको छ ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुधबार एक कार्यक्रमका बीच पूर्वाधार निर्माणको शिलान्यास गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले ऐतिहासिक महत्वका गढीहरुको संरक्षण गरिनुपर्ने बताए । उनले नेपाली सेना यस्ता गढीको संरक्षणका लागि भूमिका निर्वाह गर्न तयार रहेको बताए । उनले ऐतिहासिक किल्ला तथा गढी जस्ता इतिहासलाई संरक्षण गर्न नेपाली सेना तत्पर रहेको समेत बताए ।