मुख्य खबरसमाचारफिचर

हर्नामाडी फाँटका किसान कुनेउ लगाउन व्यस्त

यसवर्ष धानको उत्पादनमा किसान सन्तुष्ट

मानवी बानियाँ

हेटौंडा \ अहिले हेटौंडा—१८ हर्नामाडीको फाँटमा धानको कुनेउको थुप्रो निकै आर्कषित देखिन्छ । सबैको खेतमा धान काटिसकेपछि कुनेउ बनाएर राख्ने चलन छ ।

धान गुम्साउन, पराल पकाउन र पछि चामल राम्रोसंग पाकोस नटिुक्रियोस् भन्नका लागि यहाँका किसानले कुनेउ बनाउने गरेका छन । हर्नामाडी—फाँट आसपासका किसानहरुले धान काट्न सुरु गरिसकेका छन् । यो फाँटको दृष्य हेर्दै मनमोहक छ ।

मनै प्रफुल्ल बनाउने यो फाँटमा झुलेका धानका बालाले किसानको मुहारमा खुशीपनि ल्याएको छ । जेष्ठको अन्तिम र असारको पहिलो हप्तामा रोपेको विउले बाला दिएपछि किसानलाई अहिले भित्राउने चटारो लागेको छ । उसो त हर्नामाडी यो फाँट धान उत्पादनकै लागि चर्चित छ । हर्नामाडीको सिमलेदेखि, वेसी, गुवावारी, दोभानचौर र राजदेवीमा धान उत्पादन हुन्छ । फाँटमा बाह्ैमासे बग्ने कुलोले धान सहजै सिँचाई हुने हुँदा प्राय जसो जेष्ठको अन्तिममै रोपाई सम्पन्न भईसक्छ ।

यसपाली प्रेम भ्लोन निकै हर्षित छन । मौसमले साथ दिएको कारण उनको मुहारमा खुशी संगै परिवारमा समेत रौनक छाएको छ । सिमलेमा भ्लोन अहिले कुनेउ लगाउन व्यस्त छन । १० कठ्ठाको खेतमा करिब २-३ वर्षदेखि १० मुरीमात्रै उत्पादन भइरहेको धान यसपाली ३० मु्रीसम्म उत्पादन हुने उनले अनुमान गरेको छ । बेलैमा पानि र मल पाएको कारण यो वर्ष धान उत्पादन बढेको भ्लोनको भनाइ छ । गत वर्ष फौजी किराको कारणले र कोरोना महामारीले मल पाउन मुस्किल रहेको र मौैसमले समेत साथ नदिने भएर थोरै धान उत्पादन हुन्थ्यो ।

असारमा रोपाई भएको हर्नामाडी फाँटमा धान पाकेर पँहेलै भएको छ । यो पालि केहि समय अघि आएको वर्षाले मकवानपुमा त्यति क्षति गर्न सकेन । फुर्कोचौरका हरिबहादुर थापा पनि यो वर्ष खुशीनै देखिन्छन । १४ कठ्ठामा धान लगाउने गरेको उनले अघिल्लो वर्षहरुमा २५ मुरीसम्म उत्पादान गर्दै आएका अहिले ४० मुरीसम्म हुने उनको अनुमान छ । थापालाइ समेत गत वर्ष फौजी किराले निकै दुख दिएको उनले गुनासो गरे ।

No description available.

त्यस्तै, अर्की किसान सिर्जना लामिछानेका अनुसार, युरिया मल नहालेपनि धानको उत्पादनमा फरक नभएको बताईन् । लामिछानेले १० कठ्ठा जमिनमा धान लगाएकी थिईन्, जेष्ठमै लगाईएको कारणले उनले गत कार्तिक ८ गतेनै धान काटिन् र कुनेउ लगाएर राखेको जानकारी गराईन् । गाईको मल र कुखुरको मलले पनि धान उत्पादनमा राम्रो भएको लामिछानले बताईन् ।

मकवानपुरको खेति हुने कुल ११ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँदै आएको बागमती प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङमा छ । मकवानपुरमा बर्षेनी तीन दशमलव आठ मेट्रिक्टन हेक्टर धान उत्पादन हुन्छ । विशेषगरि मकवानपुरे, साबित्री र राधा धान लगाईन्छ । अचेल हाईब्रिट धान समेत लगाउने चलन छ । मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, मनहरी, बकैया र बाग्मती गाँउपालिकामा धानको खेति हुने गरेको छ ।

यहाँको फाँटमा किसानले दुई बाली लगाउने गरेका छन् । जसमा धान र कोहिले गँहु आलु त कोहिले तोरी लगाँउदै आएका छन् । पानिको सु्विधा भएको कारणले गर्दापनि यहाँको वाली फस्टाउने गरेको छ ।