
काठमाण्डौ \ सर्वोच्च अदालतमा न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको भन्दै कलाकारहरूको एक समूहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको र न्यायपालिकामा गुटबन्दी सिर्जना भएकाले विरोध स्वरूप कलाकारहरूको समूहले आज आइतवार मण्डलामा सडक नाटक प्रस्तुत गरेका हुन् । उनीहरूले इजलास बहिष्कार गर्न नहुने भन्दै विभिन्न प्ले कार्डहरू समेत प्रदर्शन गरेका थिए ।
उनीहरूले मुद्दा सुनुवाइ गर्न छोडेर इजलास बन्द गर्ने कस्तो नैतिकता रु स्वतन्त्रता रु, न्यायमूर्तिका रूपमा स्थापित सम्माननीय न्यायाधीशहरूलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो रु, हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन जस्ता लेखिएका प्ले कार्ड बोकेका थिए ।
साथै न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर, सबै खाले गुटबन्दीको अन्त्य गर, न्यायाधीशज्यूहरूबाट गरिएको हड्तालले न्यायमूर्तिको शोभा दिएन, इजलासमा बसेर न्याय देऊ होइन भने राजीनामा देऊ, हामी सेवाग्राही मारमा, न्यायाधीशहरू राजनीति, गुटबन्दी र बारमा लगायत लेखिएको प्ले कार्ड प्रस्तुत गरिएको थियो ।








