
हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ मयुरधापमा निशुल्क आँखा शिविर गरिएको छ ।
हेटौंडा–१४ वडा कार्यालय, हेटौंडा सामुदायिक आँखा अस्पताल र सांग्रीला डेभलपमेन्ट बैक लिमिटेड हेटौंडा शाखाको सहकार्यमा आँखा शिविर गरिएको हो ।
बैकको १७ औं वार्षिक उत्सवका अवसरमा गरिएको शिविरमा २ सय जनाले आँखा जाँच गराएका छन् ।
शिविरमा जाँच गरिएका मध्यमा मोतिया विन्दु भइ अप्रेसन गर्नुपर्नेहरुलाई पनि आँखा अस्पतालले निशुल्क रुपमा अप्रेशनको व्यवस्था मिलाएको छ । शिविरमा हेटौंडा–१४ का वडा अध्यक्ष दीपक खड्का, बैंकका शाखा प्रवन्धक रुपक मैनाली लगायतकाको आतिथ्यता रहेको थियो ।








