
खबरबाकस \ पुरानो नारायणी यातायात कम्पनी प्रा.लिले नवनिर्वाचित समितिलाई स्वागत तथा सम्मान गरेको छ ।
संघको हलमा शुक्रबार एक कार्यक्रमकाबीच नवनिर्वाचित मकवानपुर उद्योग वाणिज्य संघको समितिलाई स्वागत सम्मान गरेको हो ।
संघका अध्यक्ष कृष्णकुमार गुप्ता (अग्रवाल) सहित उपाध्यक्षहरु प्रमोदसिं रानाभाट, अनिल अग्रवाल, उज्जवल चौलागाई, राजु अधिकारी सहित सदस्यहरुलाई टोपी लगाई कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठले सम्मान गरेका थिए । कार्यक्रममा कम्पनीका महासचिव सरोजकुमार खनाल, कम्पनीका सदस्यहरुको उपस्थिती रहेको थियो ।
संघका नवनिर्वाचित अध्यक्ष गुप्ताले संघ र यातायात कम्पनीबीच भएको सम्बन्धलाई प्रगाढ बनाउदैं एकआपसमा साथ अघि बढ्ने बताएका थिए ।








