
हेटौंडा \ सडक विस्तार तथा स्तरोन्नति भइरहेको छोटो मार्ग भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा शनिबारदेखि कात्तिक १५ गते सोमबारसम्म यातायात अवागमन बन्द हुने भएको छ ।
सडकअन्तर्गत् कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाउँदै प्रदेशको भौतिक पूर्वाधार यातायात पूर्वाधार निर्देशनालयले सूचना जारी गरी यातायात अवागमन बन्द हुने जनाएको हो ।
यसअघि आलोपालो मिलाएर कार्य गरिँदै आएकोमा जुरिखेतदेखि चिसापानी गढीबीचको एघार घुम्ती क्षेत्रमा सडक साँघुरो, उच्च ग्रेडियन्ट तथा घुम्ती क्षेत्रमा अस्फाल्ट कंक्रिट पेभमेन्ट कार्य सुरु हुने सन्दर्भमा उच्च ट्राफिक संख्याका कारण कार्य गर्न कठिन हुने तथा सवारीसाधन पनि दुर्घटनाको जोखिममा पर्ने हुँदा तीन दिन विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सम्पूर्ण सवारीसाधन बन्द गरिने सूचनामा उल्लेख छ ।








