मुख्य खबरसमाचारफिचर

प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गर्दै छ ।

​स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गर्न लागेको हो ।

प्रधानमन्त्री  देउवा  कात्तिक  १२  गते  बिहान १० बजे कतार  एयरको उडानबाट लन्डन जान लागेको परराष्ट्र  मन्त्रालयले  दिएको छ ।   पाँचौं पटक  प्रधानमन्त्रीमा  नियुक्त  भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो ।