
खबरबाकस \ मंगलबार भएको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट निर्वाचित नयाँ समितिलाई आज विहीबार सपथग्रहण गराइएको छ ।
पल्पसा हलमा एक कार्यक्रमका बीच प्रमुख निर्वाचन अधिकृत अधिवक्ता ईश्वरराज ढकालले सपथ ग्रहण गराइएको थियो ।
अध्यक्ष कृष्ण कुमार गुप्ता (अ्रगवाल), वाणिज्य उपाध्यक्ष अनिल अग्रवाल, उद्योग उपाध्यक्ष प्रमोदसिं रानाभाट, एशोसिएट उपाध्यक्ष उज्जवल चौलागाई, बस्तुगत उपाध्यक्ष राजु अधिकारी सहित निर्वाचित सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो ।
सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामनारायण विडारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, पूर्व अध्यक्ष उत्तमशर्मा ढकाल, जिवन काजु मकाजु, भुवनलाल श्रेष्ठ, विभिन्न सामाजिक संघसंस्थाका व्यक्तित्व तथा राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।








