मुख्य खबरसमाचारफिचर

मुख्यमन्त्री शाक्यद्वारा राजीनामा, अर्को सुचना नआए सम्म बैठक स्थगित

संवाददाता

खबरबाकस \ बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामाको घोषणा गरेकी छन् । प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राजीनामाको घोषणा गरेकी हुन् ।

मार्ग प्रशस्त गर्दै उनले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक काम गर्न सबै पक्षबाट सहयोग भएको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरिन् । प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनु अघि उनले राजीनामा दिएकी हुन् ।

प्रदेशसभामा पाँचदलिय गठवन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि उनले राजिनामा दिएकी हुन् । प्रदेशमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेश सरकार गठन हुने भएको छ । उहाँको पाटीसंगै नेपाली कांग्रेस, नेकपा

माओवादी लगायतका दलको सहभागितामा बागमती प्रदेश सरकार गठन हुन लागेको हो । सभामुख सानुकुमार श्रेष्ठले अर्को सुचना नआएन्जेल सम्म बैठक स्थगित गरेका छन् ।