
खबरबाकस \ मकवानपुर उद्योग वाणिज्य संघको नयाँ समितिका लागि आज मंगलबार मतदान सुरु भएको छ ।
निर्वाचन अधिकृत ईश्वरराज ढकालका अनुसार बिहान ९ बजेबाट मतदान गर्ने कार्यतालिका रहेता पनि झण्डै ९ः२० बाट मतदान सुरु गरिएको छ ।
पल्पसा सभागृहमा अपरान्ह ४ बजे सम्म मतदान गर्न पाइने जनाइएको छ । मतदान स्थलमा प्रचारप्रसार भने गर्न नपाइने जनाइएको छ ।
निर्वाचनमा दुईवटा प्यानलका बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदका लागि पूर्व अध्यक्ष राजकुमार न्यौपाने र वर्तमान उपाध्यक्ष कृष्ण गुप्ता अग्रवालको प्यानल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २६ जना नेतृत्वको लागि ५४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत ढकालले बताएका छन् ।
पल्पसा हल बाहिर उम्मेदवार र अन्य सहयोगीहरुले मतदातासँग मत मागिरहेका छन् ।
तस्विरमा हेर्नुस्:















