मुख्य खबरसमाचारफिचर

मउवा संघ निर्वाचन: धिमाल निर्विरोध, २६ जना नेतृत्वको लागि ५४ को उम्मेदवारी

मानवी बानियाँ

हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघ एशोसिएट सदस्य (बहुराष्ट्रिय) मा शान्तिराम धिमाल निर्विरोध चयन भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको ५४/ ५५ औंँ वार्षिक उत्सव निर्वाचन अन्तर्गत चुनावी कार्यतालिका अनुसार सोमबार (हिजो) उम्मेदवारी दर्तामा धिमालको मात्रै एशोसिएट सदस्य (बहुराष्ट्रिय) तर्फ परेको थियो ।

यो संगै उनी निर्विरोध निर्वाचित भएका हुन । सोमबारनै सबै पदमा उम्मेदवारी दर्ता गर्ने, दाबी विरोधको समय रहेको कारणले धिमाल बाहेक अन्य ५४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत ईश्वरराज ढकालका अनुसार आज (मंगलबार) बिहान ९ बजेबाट मतदान गर्ने कार्यतालिका रहेको छ । विहान ९ बजेबाट पल्पसा सभागृहमा मतदान सुरु हुने र अपरान्ह ४ बजे मतदान कार्य समाप्त हुने जनाइएको छ । मतदान स्थलमा प्रचारप्रसार भने गर्न नपाइने जनाइएको छ ।

निर्वाचनमा दुईवटा प्यानलका बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदका लागि पूर्व अध्यक्ष राजकुमार न्यौपाने र वर्तमान उपाध्यक्ष कृष्ण गुप्ता अग्रवालका बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सोमबार संघमा धिमाल बाहेक २६ जना नेतृत्वको लागि ५४ जनाको उम्मेदवारी परेको उद्योग वाणिज्य संघको कार्यालयले जानकारी दिएको छ ।

जसमा अध्यक्ष तर्फ कृष्णकुमार गुप्ता र राजकुमार न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । वाणिज्य उपाध्यक्ष अनिल अग्रवाल र रामप्रसाद न्यौपाने, उद्योग उपाध्यक्ष तर्फ प्रतिमा श्रेष्ठ र प्रमोद सिंह रानाभाट रहेका छन् । एशोसिएट उपाध्यक्ष तर्फ उज्वल चौलागाई र विष्णु खनाल रहेका छन् । वस्तुगत उपाध्यक्ष पदमा काव्यवमणी अधिकारी र राजु अधिकारी रहेका छन् ।

वाणिज्य सदस्य खुल्ला ७ जनाको लागि १४ जनाको उम्मेदवारी परेको छ । जसमा अनिलभक्त श्रेष्ठ, कुलप्रसाद चौलागाईँ, कृष्णप्रसाद ढुङगाना, जावेद हुसेन, दामोदर पाठक, दीपक खत्री, दिवश पराजुली, नेत्रप्रसाद खतिवडा, बालकृष्ण बजगाई, विष्णुप्रसाद दाहाल, माधव ज्ञवाली, विकेश लाल श्रेष्ठ सुदर्शन खरेल र हरिनारायण ठाकुर रहेका छन् ।

वाणिज्य सदस्य (महिला आरंक्षण) पद संख्या २ जनाको लागि निलम पाण्डे, निलम वैद्य, नेत्रकुमारी भट्ट र मनु दाहाल गरि ४ जना रहेका छन् । पश्चिमी क्षेत्र आरक्षण १ जनाको पदमा कृष्णहरी बर्तौला, राजु राउत र राधिका सामरी पाण्डे गरि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । उद्योग सदस्य खुल्ला तर्फ पद संख्या चार जनाको लागि श्रीकृष्ण कर्माचार्य, दीपक शिवाकोटी, नरेन्द्र भण्डारी, भुपेन्द्र प्रसाद अधिकारी, रुपकराज दाहाल, सन्तोषकुमार अर्याल, हरिप्रसाद ढकाल र ज्ञानेन्द्र बर्तौला गरी ८ जना रहेका छन् । उद्योग सदस्य महिला आरंक्षणका लागि मेनका श्रेष्ठ र सितादेवी भेटुवालको उम्मेदवारी रहेको छ ।

त्यस्तै एशोसिएट उपाध्यक्ष तर्फ उज्वल चौलागाई र विष्णु खनाल रहेका छन् । एशोसिएट सदस्य (खुल्ला ) पद संख्या ३ जनाका लागि अंकिता सुमार्गी, गणेशप्रसाद भेटुवाल, नवराज खतिवडा, राजाराम कार्की, राजु थापा र रामशरण दुलालगरी ६ जना रहेका छन् । एशोसिएट सदस्य (हेटौंडा औद्योगीक क्षेत्र आरक्षण)का लागि आशोक कुमार राउत र दीपक उप्रेति उम्मेदवारी रहेका छन् ।
वस्तुगत सदस्यमा तर्फ २ जनाको लागि पुष्पराज पुडासैनी, प्रदिप अर्याल, अजिव भट्राई र तेजराज अधिकारी गरि ४ जनाको उम्मेदवारी रहेका छन् ।