मुख्य खबरसमाचारफिचर

महेन्द्र राउत 'अग्रवाल प्यानल'लाई जिताउन घरदैलोमा

संवाददाता

खबरबाकस \ मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार घोषणा गरेका युवा व्यवसायी महेन्द्र राउतले अर्का उम्मेदवार कृष्णकुमार गुप्ता (अग्रवाल)लाई मत माग्दै घरदैलो गरेका छन् ।

उनले प्यानललाई जिताउनको लागि मतदाता व्यवसायीलाई आग्रह गरेका छन् ।

मंगलबार हुने निर्वाचनमा राउतले आज आइतबार अग्रवाल प्यानललाई सहयोग गर्ने भनी प्रतिवद्धता गर्दै हेटौंडा बजारका व्यवसायीमाझ मत मागेका छन् । उनी गत निर्वाचनमा कृष्ण कटुवाल सँग पराजित भएका छन् ।

तीन जनाको प्यानल सहित उम्मेदवारी रहेकोमा केहि दिन अघिदेखि राउत प्यानलका उम्मेदवार अग्रवाल प्यानलमा समिकरण भएपश्चात राउत आजबाट खुलेर लागेका हुन् । संघको नयाँ समितिका लागि अर्का अध्यक्ष उम्मेदवार राजकुमार न्यौपाने प्यानल लागि परेको छ ।

यी दुवै प्यानलबाट भोली सोमबार उम्मेदवार दर्ता भएसँगै मंगलबार निर्वाचन प्रक्रिया अघि बढ्ने संघले जनाएको छ ।