मुख्य खबरसमाचारफिचर

मउवा संघको साधारण सभा, ९ गते निर्वाचन

संवाददाता

खबरबाकस \ मकवानपुर उद्योग वाणिज्यसंघको ५४ र ५५ औं साधारण सभा आज आइतबार हेटौंडामा भएको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कोभिड १९ कारण प्रतिनिधिमुलक उपस्थिती तथा जुम एप्स मार्फत सभा गरिएको थियो । सभाको अवसर पारी मकवानपुरका गहनाको रुपमा परिचित मिस नेपाल श्रृङखला खतिवडा, बलिउडमा समेत काम गरिरहेका संगीतकार शिखर सन्तोष, मनहरीका पुराना व्यवसायी तथा समाजसेवी रामचन्द्र बर्तौला, हेटौंडा खानेपानी व्यवस्थापन वोर्ड लगायत विभिन्न व्यक्तित्वहरुलाई नगद सहित सम्मान गरिएको थियो ।

सभाकै अवसर पारी संघद्धारा निर्मित पल्पसा सदनको समुद्घाटन समेत गरिएको थियो । अतिथि गृहको रुपमा सञ्चालन गरिने गरी पल्पसा सदन सञ्चालन गरिएको जनाइएको छ ।

No description available.

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरु कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मुनु सिग्देल,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, प्रदेश महासंघका पदाधिकारी, संघका पूर्व अध्यक्ष, विभिन्न संघ संस्थाका अध्यक्ष, जनप्रतिनिधिहरु, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतकाको अतिथ्यता रहेको थियो ।
साधारणसभा र अधिवेसन समेत भएकाले दुईवटा प्यानलका बीचमा कडा प्रतिस्पर्धा हुने भएको छ ।

No description available.