मुख्य खबरसमाचारफिचर

हेटौंडामा वार्षिक १८ सय परिवार भित्रिए, ८ सय परिवारले छाडे

मानवी बानियाँ

हेटौंडा \  हेटौंडा उपमहानगरपालिकामा बसाइसराई गरी आउनेको संख्या बढ्दो छ । भुमि आयोगले जग्गाविहीनलाई भूमिहीनको नामबाट र लामो समयदेखि जोतभोग गर्दै आएकालाई अव्यवस्थित बसोबासीका नामबाट पुर्जा वितरण गर्ने तयारी गरेसंगै बसाइसराई गरि आउने संख्या बढ्दो देखिएको हो ।

यता, शहरमा विभिन्न खालको सेवा सुविधा सहजै प्राप्त हुने भएकाले नगरक्षेत्रमा बसाइसरी आउनेको संख्या बढेको हेटौंडा उपमहानगरपालिकाको कार्यालयको तथ्याङमा उल्लेख छ । गत वर्ष २०७७ सालको तथ्याङलाई हेर्ने हो भने बसाई सरी जानेको सख्याभन्दा बसाई सरी आउनेको संख्या बढी रहेको छ ।

हेटौंडा उपमहानगरपालिका भित्र बसाई सरी आउने १ हजार ८ सय ४२ रहेको छ जसमा परिवारको सदस्य संख्या ६ हजार २ सय ४२ रहेको तथ्याङले देखाएको छ । त्यस्तै बसाई सरी जानेको संख्या भने ८ सय चार रहेको छ भने परिवार सदस्य संख्या २ हजार ६ सय ८ जना रहेको छ ।

हेटौंडा वडा नम्बर ११ मा बढ्दो
हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाहरु मध्ये सबैभन्दा बढी वडा नम्बर ११ मा बसाइ सरी आउनेको संख्या बढी देखिएको छ । जसमा २ सय ८३ दर्ता संख्यामा १ हजार ६१ जना परिवारको सदस्य संख्या बसाइसरी आएका छन् ।

भूमिहीन र अव्यवस्थित बसोबासी, पुस्तौंदेखि बसे पनि लालपुर्जा नहुने थुप्रै, सुकुम्बासी पहिचानको साटो भूमि आयोगको ध्यान निवेदन संकलन गरे पश्चात वडा न ११ मा बसाइसरी आउनेको संख्या बढी देखिएको हेटौंडा उपमहानगरपालिका कार्यालयका सुचना अधिकारी भानुभत थपलियाले जानकारी गराए । हेटौंडाको सबैभन्दा बढी सुकुम्बासी हेटौंडा ११ नै रहेको उनको भनाई छ ।

हेटौंडा वडा नम्बर ४ मा घट्दो
हेटौंडा उपमहानगरपालिका वडा ननम्बर ४ मा बसाई सरी जानेको संख्या सबैभन्दा बढी देखिएको छ । जसमा ७४ वटा दर्ता संख्यामा २ सय १४ जना परिवारको संख्याले हेटौंडा छाडेका छन् । सुचना अधिकारी थपलियाका अनुसार, जति शहर क्षेत्रमा घर भयो त्यतिनै त्यहाँका मानिसले सेवा सुविधा खाज्ने बताँउछन् । त्यसै कारणपनि अधिकांश प्राय हेटौंडाबाट हुप्राचौरजस्तो ठाँउ छोडेर काठमाडौंको यात्रा तय गरेको हुनुपर्ने उनको अनुमान छ ।

कुन-कुन वडामा कति आए ?
हेटौंडा उपमहानगरपालिकाको १९ वडा बसाइ सरी आउने र जानेको क्रम निरन्तर चलिनै रहेको छ । जसमा हेटौंडा वडा नं १ मा दर्ता संख्या ६४, सदस्य संख्या २ सय ६४, हेटौंडा वडा नं २ मा दर्ता संख्या २६ सदस्य संख्या १ सय ३, वडा नं ३ दर्ता संख्या ५१ सदस्य संख्या १ सय ९६ रहेको हेटौंडा उपमहानगरपालिकाको तथ्याङले देखाएको छ ।

त्यस्तै वडा नं ४ मा ९६ दर्ता संख्या सदस्य संख्या ३ सय ३७, वडा नं ५ मा २ सय ७५ दर्ता संख्यामा सदस्य संख्या ५ सय ३३, वडा नंं ६ मा ३६ दर्ता संख्यामा १ सय ४९ सदस्य संख्या, वडा नं ७ मा ४५ दर्ता संख्यामा १ सय ८२ सदस्य संख्या, वडा नं ८ मा १ सय २७ दर्ता संख्यामा ४ सय ६१ सदस्य संख्या रहेको छ ।

त्यस्तै वडा नं ९ मा ८३ दर्ता संख्यामा ३ सय ४१ सदस्य संख्या, वडा नं १० मा ९२ दर्ता संख्यामा २ सय ९६ सदस्य संख्या, वडा नं ११ मा २ सय ८३ दर्ता संख्यामा १ हजार ६१ सदस्य संख्या, वडा नं १२ मा ५९ दर्ता संख्यामा २ सय २९ सदस्य संख्या, वडा नं १३ मा १ सय ६७ संख्यामा ५ सय ९२ सदस्य संख्या, वडा नं १४ मा ९७ दर्ता संख्यामा ३ सय ३९ सदस्य संख्या रहेको कार्यालयको तथ्याङमा उल्लेख छ ।

वडा नं १५ मा १ सय ५९ दर्ता संख्यामा ६ सय ३८ सदस्य संख्या, वडा नं १६ मा दर्ता संख्या ३५ मा ८४ सदस्य संख्या, वडा नं १७ मा ६३ दर्ता संख्यामा २ सय ६७ सदस्य संख्या, वडा नं १८ मा दर्ता संख्या २९ मा सदस्य संख्या १ सय १० र वडा नं १९ मा दर्ता संख्या ६५ मा सदस्य संख्या ६० रहेको छ ।

घरको नक्सा निःशुल्क बनाउँदै हेटौंडा उपमहानगरपालिका :: Setopati

कुन-कुन वडामा कति गए ?
हेटौंडा वडा नं १ मा दर्ता संख्या ४७ रहेकोमा सदस्य संख्या १ सय ८८, वडा नं २ मा ७३ दर्ता संख्यामा २ सय १४ सदस्य संख्या, वडा नं ३ मा ९ दर्ता संख्यामा ३४ सदस्य संख्या, वडा नं ४ मा ७४ दर्ता संख्यामा २ सय ९ सदस्इ संख्या र वडा नं ५ मा ४१ दर्ता संख्यामा १ सय ५ सदस्य संख्या रहेको हेटौंडा उपमहानगरपालिकाको तथ्याङले देखाएको छ ।

त्यस्तै वडा नं ६ मा २५ दर्ता संख्यामा १ सय १८ सदस्य संख्या, वडा नं ७ मा १७ दर्ता संख्यामा ६० सदस्य संख्या, वडा नं ८ मा २८ दर्ता संख्यामा ९५ सदस्य संख्या, वडा नं ९ मा ५२ दर्ता संख्यामा २ सय १० सदस्य संख्या र वडा नं १० मा ४९ दर्ता संख्यामा १ सय ६९ सदस्य संख्या रहेको छ ।

वडा नं ११ मा १५ दर्ता संख्यामा ५३ सदस्य संख्या, वडा नं १२ मा ४८ दर्ता संख्यामा १ सय ६९ सदस्य संख्या, वडा नं १३ मा ३२ दर्ता संख्यामा ७२ सदस्य संख्या, वडा नं १४ मा ३८ दर्ता संख्यामा १ सय ६९ सदस्य संख्या र वडा नं १५ मा ५० दर्ता संख्यामा २ सय ४ सदस्य संख्या रहेको छ । वडा नं १६ मा ६४ दर्ता संख्यामा १ सय ४१ सदस्य संख्या, वडा नं १७ मा ६४ दर्ता संख्या रहेकोमा २ सय ३८ सदस्य संख्या, वडा नं १८ मा २२ दर्ता संख्या रहेकोमा ८४ सदस्य संख्या र वडा नं १९ मा ५६ दर्ता संख्या रहेकोमा १ सय ३ सदस्य संख्या रहेको कार्यालयले जनाएको छ ।

सुविधा नभएका घडेरीहरु अत्यन्त कम मुल्यमा उपलब्ध हुने भएकाले पनि धेरैले शहरको बसाइलाई रोज्ने गरेको कार्यालयका सुचना अधिकारी भानुभत थपलियाले जानकारी गराए । फराकिलो बाटो, खानेपानी, विद्युत, टेलिफोन तथा केवल लाइन बिस्तार भएकै कारण बसाइसराइ बढ्दो रहेको थपलियाको भनाई छ ।

अव्यवस्थित बसोबासका कारण नगरपालिकालाई योजना निमार्णदेखि सेवा सुविधा पुराउन समेत कठिन हुने भएकाले हेटौंडा उपमहानगरपालिकाले बसोबासलाई व्यवस्थित गर्दै उनको भनाइ छ । अन्यत्रबाट बसाइसरी नगर क्षेत्रमा आएपछि ३५ दिनभित्रमा अनिवार्य दर्ता गराउन उनले आग्रह समेत गरे । व्यक्तिगत घटना दर्ता गराएमा नगरक्षेत्रको वस्तुगत अवस्था जानकारी हुने र त्यसैका आधारमा योजना तयार गर्न सकिने उनको भनाई छ ।

उपमहानगरपालिकाबाट बसाइसरी जानेको तुलनामा आउनेको संख्या धेरै रहेकाले यहाँको जनसंख्या वृद्धि तिव्र गतिमा भइरहेको छ । यसलाई समयमा व्यवस्थापन गर्न नसके भविष्यमा आधारभूत सेवा पु¥याउन समेत धौ-धौ हुने देखिन्छ ।