
हेटौंडा \ केही समयअघि मात्रै सूचना बैंक सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकारले अब कानून एप पनि निर्माण गरेको छ ।
बागमती प्रदेश सरकारले तर्जुमा गरेका सम्पूर्ण कानूनहरु एकीकृत रुपमा मोबाइल एप्लिकेसनको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयले एप बनाएर सार्वजनिक गरेको हो ।








