
खबरबाकस \ बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत लिँदै छिन् ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सारिएको थियो ।
उक्त समयभन्दा पनि ढिलो गरी बैठक सुरु भएको हो । उनले आफुलाई सहयोग गर्न सबै दललाई आग्रह गर्दै प्रदेश सरकारले गरेका कार्यक्रम तथा योजनाबारे जानकारी दिदैं उनले विश्वासको मत लिएकी हुन् ।
शाक्य अल्पमतमा परेसँगै पाँच दलीय गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । नेपाली कांग्रेस र नेकपा एसबीच आधाआधा समय सरकार चलाउने सहमती भएको स्रोतले जनाएको छ ।








