मुख्य खबरसमाचारफिचर

प्रदेश सभा बैठक सार्न एमालेको पत्र

संवाददाता

 खबरबाकस \ नेकपा एमाले विश्वासको मत सम्बन्धी प्रस्ताव टार्ने प्रयास सुरु गरेको छ ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परिसकेको अवस्थामा सरकारको आयु केही दिन लम्ब्याउने प्रयास स्वरुप नेकपा एमालेले प्रदेशसभाको बैठक सार्न सभामुख र सभाका सचिवलाई पत्र पठाएको छ ।

नेकपा एमालेले बैठक सार्न आग्रह गर्दै बुधबार बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई पत्र पठाएको हो । एमालेले पार्टीको वडा र पालिका अधिवेशनको कारण देखाउँदै प्रदेशसभा बैठकमा एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु उपस्थित हुन नसक्ने भएकाले आगामी कात्तिक ११ गतेका लागि प्रदेशसभा बैठक सार्न सभामुख समक्ष आग्रह गर्दै पत्र पठाएको छ ।

नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन ९ अधिवेशन हुँदैछ । गत असोज २४ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेकी थिइन् । सो प्रस्तावमाथि कात्तिक ४ गते बस्ने प्रदेशसभा बैठकमा छलफल र मत विभाजन हुने तय भएको थियो ।