मुख्य खबरसमाचारफिचर

अग्रवाल प्यानलको चियापान, चुनावी कार्यक्रमलाई तिव्रता

संवाददाता

 खबरबाकस \ मकवानपुर उद्योग वाणिज्य संघको आगामी कात्तिक ९ गते हुन गइरहेको निर्वाचनमा अध्यक्षका उम्मेदवार कृष्णकुमार गुप्ता अग्रवालको प्यानलले चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ ।

उद्योगी व्यवसायीमाझ आफ्नो उपस्थिति बाक्लो बनाइरहेको अग्रवाल प्यानलले बुधबार हेटौंडामा बडा दसैं, दिपावलीलगायतको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादीलगायतका जिल्ला तहका नेताका साथै हेटौंडा उपमहानगरपालिकाका अधिकांश वडाका वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्षका अर्का दाबेदार महेन्द्र राउतको समेत उपस्थिति रहेको थियो ।

उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्षसमेत रहेका अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी मकवानपुरकी उपाध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामा, नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, हेटौंडा–६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाई, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, औषधी व्यवसायी संघका अध्यक्ष सुधिर दाहाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य तथा हेटौंडा १२ का वडा अध्यक्ष ललितकुमार घलान, हेटौंडा १ का अध्यक्ष सविन न्यौपाने, ५ का अध्यक्ष राजेश बानियाँ, ९ का अध्यक्ष लक्ष्मण प्रसाद भणडारी, १४ का अध्यक्ष दीपक खड्का, १६ का अध्यक्ष रामकृष्ण कोइराला, नेपाली कांग्रेस नगर सभापति उत्सव इटेनी, निवर्तमान सभापति आनन्दराम पराजुली, पुरानो नारायणी यातायात कम्पनीका प्रवन्धक सरोज खनाल, संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्णसारु मगर, जिल्ला अध्यक्ष मणिराज गौतम, लगायत विभिन्न वस्तुगत संघका अध्यक्ष तथा हेटौंडामा व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

यस्तो छ अग्रवाल प्यानलका उम्मेदवारका नामावली :
अग्रवालको प्यानलमा वाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल, उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट, एसोसियट उपाध्यक्षमा विष्णु खनाल र वस्तुगत उपाध्यक्षमा काव्यमणि अधिकारी रहेका छन् ।

सदस्यहरुमा वाणिज्य तर्फ
कुल प्रसाद चौलागाई, कृष्ण प्रसाद ढुङ्गाना, अनिलभक्त श्रेष्ठ, दीपक खत्री, दामोदर पाठक, जावेद हुसेन, विकेशलाल श्रेष्ठ, महिला सदस्यमा नीलम वैद्य र निलम पाण्डे

उद्योग तर्फ
सन्तोष अर्याल, भुपेन्द्र प्रसाद अधिकारी, श्रीकृष्ण कर्माचार्य(भाई), रुपकराज दाहाल, सीतादेवी भेटुवाल

एसोशियट तर्फ
गणेशप्रसाद भेटुवाल, अंकिता सुमार्गी, राजाराम कार्की दीपक उप्रेती

वस्तुगत तर्फ
पुष्पराज पुडासैनी, प्रदीप अर्याल