
खबरबाकस \ सबैतिर दसैंको चहल पहल बढिरहेको बेला किसानहरु भने धान काट्ने र थ्रेसर लगाई धान भित्र्याउने चटारोमा रहेका छन् ।
दसैं एकाआपसमा परिवारका सदस्य आफन्तजन जमघट भएर खुसीयाली मनाउने पर्व हो, तर यो दसैँमा अधिकांश किसानलाई धान काट्न र चुट्न वा थ्रेसर लगाउत ठिक्क छ । अहिले घर—घरमा दसैँ लागेको छ ।
असारमा रोपेको धान असोजको अन्तिम देखी कार्तिकको दोस्रो हप्ता सम्ममा धान काटेर थेसर लगाई भित्र्याउने गर्दछन् । दसैं सँगै धान काट्ने अनि सुकाउने समय पुरा भएपछि थ्रेसर लगाउने गरेका छन् । मकवानपुरगढी गाउँपालिका सहित हेटौंडा, मनहरी, बकैया, बागमतीका विभिन्न स्थानहरुमा हाइव्रेड धान लगाएका किसान यतिखेर धान काट्न व्यस्त छन् ।
केहि स्थानमा भने थ्रेसर लगाइ वर्षभरी खाने धान भित्र्याउदैं छन् । मानो रोपेर मुरि फलाउने धान खेतीमा पछिल्लो समय प्रविधिको विकास सँगै मानिसले चुट्ने र कुन्यौ लगाई पछि दाँइ गर्ने प्रचलन हराउदैं गएको छ । अहिले थ्रेसर मेसिन प्रयोग गरी धान चुट्ने गरिएको पाइन्छ । थ्रेसर प्रयोग गरी मकवानपुरगढी ५ का किसानले धान चुटिरहेका केहि तस्विरहरु यस्ता छन् ।
तस्विरः श्रीराम अर्जुन
















