मुख्य खबरसमाचारफिचर

अग्रवाल समूहले गरे टिमको घोषणा, उपाध्यक्षमा अधिकारी, रानाभाट, अग्रवाल र खनाल

संवाददाता

 खबरबाकस \ मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षका उम्मेदवार कृष्णकुमार गुप्ता अग्रवालले आफ्नो टिम घोषणा गरेका छन् ।

बिहीबार हेटौंडामा एक कार्यक्रमका बीच टिम घोषणा कार्यक्रम मार्फत अग्रवाल नेतृत्व आधिकारिक टिमको घोषणा गरिएको हो ।

अग्रवालको टिममा वाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल, उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट, एसोसियट उपाध्यक्षमा विष्णु खनाल र वस्तुगत उपाध्यक्षमा काव्यमणि अधिकारी रहेका छन् ।

No description available.

त्यसैगरी सदस्यहरुमा वाणिज्य तर्फ कुल प्रसाद चौलागाई, कृष्ण प्रसाद ढुङ्गाना, अनिलभक्त श्रेष्ठ, दीपक खत्री, दामोदर पाठक, जावेद हुसेन, विकेशलाल श्रेष्ठ, महिला सदस्यमा नीलम वैद्य र निलम पाण्डे रहेका छन् ।

No description available.

त्यस्तै, उद्योग तर्फ सदस्यहरुमा सन्तोष अर्याल, भुपेन्द्र प्रसाद अधिकारी, श्रीकृष्ण कर्माचार्य(भाई), रुपकराज दाहाल, सीतादेवी भेटुवाल रहेका छन् ।

No description available.

संघको एसोशियट तर्फ सदस्यहरुमा भने गणेशप्रसाद भेटुवाल, अंकिता सुमार्गी, राजाराम कार्की र दीपक उप्रेती रहेका छन् ।

No description available.

वस्तुगत तर्फ सदस्यहरुमा भने पुष्पराज पुडासैनी र प्रदीप अर्याल रहेका छन् ।

घोषणा कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जिवनकाजी माकाजु, भुवनलाल श्रेष्ठ वर्तमान अध्यक्ष कृष्ण कटुवाल लगायतको उपस्थिति रहेको थियो । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचन कार्तिक ९ गते हुनेछ भने संघको ५४ र ५५ औं वार्षिक साधारण सभा कार्तिक ७ र ८ गते हुनेछ ।