
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज बुधवार विश्वासको मत लिनु हुने भएको छ । आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिनु हुने भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
मुख्यमन्त्री राउतले संविधानको धारा १८८ को २ अनुसार विश्वासको मत लिन आज प्रदेश सभा बैठक बोलाइएको छ ।
प्रदेश सभामा एक सय चार सदस्य छन् । प्रदेश २ सरकारको नेतृत्व गर्ने जसपाका ३८, कांग्रेसका १९, माओवादी केन्द्रका आठ र नेकपा (एकीकृत समाजवादी) का १३ गरी ७८ जना सदस्यको सुविधाजनक मत मुख्यमन्त्री राउतको पक्षमा छ ।








