मुख्य खबरसमाचारफिचर

थप ८६७ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

संवाददाता

शनिबार देशभर थप ८६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । ८ हजार २१९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६५९ तथा एन्टिजेन विधिबाट २०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ६४२ पुगेको छ । हाल सक्रिय सङ्क्रमितमध्ये १६ हजार ३७१ जना होम आइसोलेसन, १ हजार २७१ जना संस्थागत आइसोलेसन, ३५० जना आईसीयू र ११२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा थप १ हजार १२३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ६७ हजार ८१९ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९६.४ प्रतिशत रहेको छ । यही अवधिमा थप ९ जनाले ज्यान पनि गुमाएका छन् । नेपालमा कोभिड–१९ बाट ११ हजार १५७ जनाको मृत्यु भइसकेको छ ।