मुख्य खबरसमाचारफिचर

गुराँस पोलिक्लिनिकमा लगाइयो ताला

संवाददाता

 खबरबाकस \ हेटौंडा १० राप्तिरोडमा सञ्चालित गुराँस पोलिक्लिनिक तथा श्री साई फार्मेसीमा प्रशासनले ताला लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा गरिएको अनुगमन क्रममा गुराँस पोलिक्लिनिकमा लाइसेन्स नभएको व्यक्तिले औषधि विक्री वितरण गरिएको पाइएपछि प्रशासनले ताला लगाएको हो ।

सञ्चालकले कर्मचारीको आवशयक कागजपत्र देखाउन नसकेपछि ताला लगाइएको सहायक सिडियो अर्यालले बताए । अनुगमनमा स्वास्थ्य कार्यालय, घरेलु कार्यालय, हेटौंडा उपमहानगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुका साथै पत्रकारहरुको सहभागिता रहेको थियो ।