मुख्य खबरसमाचारफिचर

म्यान मकवानपुरको दशै शुभकामना आदानप्रदान

संवाददाता

सिधाखबर खबरबाकस \ मोवाईल एशोसियसन अफ नेपाल (म्यान) मकवानपुरले शनिबार विजया दशमी, दीपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । म्यान मकवानपुरका अध्यक्ष दिनेश थिङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कोरोना कहरका कारण व्यवसायमा असर परेता पनि चाडपर्वको पूर्व सन्ध्यामा मोवाईल व्यवसायीहरुको जमघट गराई शुभकामना आदानप्रदान गरी खुसी साटासाट गरिएको अध्यक्ष थिङले बताए ।

शुभकामना आदानप्रदान कार्यक्रममा म्यान मकवानपुरका संस्थापक अध्यक्ष छतेन्द्र आचार्य, सल्लाहकार महेन्द्र राउत, निवर्तमान अध्यक्ष एसिस रिजाल, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्षद्धय कृष्ण कुमार गुप्ता अग्रवाल, रामप्रसाद न्यौपाने सचिव तथा प्रवक्ता काव्यमणि अधिकारी लगायत विभिन्न वस्तुगत संघका अध्यक्षहरु र मोवाइल व्यवसायीहरुले शुभकामना आदानप्रदान गरेका थिए ।