
खबरबाकस \ कोरोना कहरका कारण लामो समय विद्यार्थी विद्यालय जानबाट बञ्चित भए । कोरोना महामारीका कारण भाइरस सर्ने भयले विद्यालय मात्र नभई पठनपाठन गर्ने सबै क्षेत्र ठप्प भए । लामो समयको अन्तराल पछि भौतिक रुपमा विद्यालय खुल्न थाले । इन्टरनेटको सुविधाभएका स्थानमा शिक्षकहरुले अनलाइन मार्फत शिक्षण गराएता पनि पहुँच नभएका विद्यार्थीहरु अनलाइन शिक्षाबाट बञ्चित हुन पनि पुगे ।
देशमा कोरोनाको तेस्रो लहर सुरु भएको विज्ञहरुले भनिएता पनि कोरोना संक्रमणको दर कम हुदैं गएपछि भौतिक रुपमा विद्यालय, कलेज खोल्न थाले । सरकारले स्थानीय तहमा रहेको शिक्षा समितिको निर्णय एंव मातहतमा विद्यालय सञ्चालन सुरु भयो । लामो समय देखी विद्यालय जान नपाएका विद्यार्थीहरु खुसीका साथ विद्यालय पुगे र अध्ययनलाई निरन्तरता दिइरहेका छन् ।
सरकारले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न निर्देशन दिएता पनि मुखमा माक्स लगाएर विद्यालय पुग्छन् विद्यार्थी तर एउटै बेन्चमा ३ देखी ५ जना सम्म विद्यार्थी राखी पठनपाठन गरिएको छ । कोरोना भाइरसले गर्दा विद्यालय धेरै महिना सम्म बन्दाबन्दी नै रहेको थियोे । स्कुल बन्द हुदा बालबालिकाको पठनपाठनमा असर समेत पर्नुका साथै अनलाइन कक्षामा विद्यार्थीहरु अन्य खेल खेल्ने र सामाजिक सन्जाल चलाउने र विभिन्न अनलाइन खेल खेल्ने पढाईमा ध्यान नदिने अवस्थामा पुगिसकेअम्बिका बस्नेतकोले विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गरिएको हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयका प्रध्यानाध्यापक मोहन प्रसाद शर्माले बताउनुभयो ।
विद्यालयमा विद्यार्थीको चाप बढी रहेकाले ४/५ जना राखेर अध्ययन गराइरहेको बताउदैं शर्माले विद्यार्थी विद्यालय हाताभित्र पस्दा माक्स लगाउनछन् तर केहिबेर पछि खोलेर झोलामा हाली पढ्न बस्ने गरेको बताउनुभयो । शिक्षकले भन्दा पनि अटेर गरेर विद्यार्थी माक्स लगाउन नमान्ने गरेको शर्माको भनाइ रहेको छ ।
विद्यालयमा विभिन्न कक्षालाई आलोपालो सिफ्ट मिलाएर पढाइरहेको अवस्था छ । विद्यालयबाट अभिभावकलाई आफ्नो बालबच्चा लिन वा पु¥याउन आउदाँ अभिभावक नै माक्स नलगाइ आउने गरेको शर्माले बताउनुभयो । अब कोरोनाको जिम्वेवारी विद्यार्थी र अभिभावक आफैं लिनुपर्ने बताउदैं प्रअ शर्माले हामीले जतिसक्दो मापदण्ड अपनाउन अनुरोध गर्ने र पालना गर्ने हो बाकीँ स्वंम जिम्वेवार हुनुपर्ने बताउनुभयो ।
यो त एउटा प्रतिनिधि विद्यालय मात्रै हो । हेटौंडाका अधिकांस सामुदायिक तथा निजी विद्यालयमा स्वास्थ्य मापदण्ड अनुरुप पठनपाठन नभएको पाइएको छ । विद्यालयमा नभई आवतजावत गर्दा विद्यालयका बसमा समेत खचाखचका साथ विद्यार्थी ल्याउने र पु¥याउने गरिन्छ । जुन क्रियाकलापमा प्रहरी प्रशासन मात्र नभइ कार्यान्वय गर्ने कार्यालयहरु पनि हेरेर बसीरहेको अवस्था छ । माक्स अभियान चलाएपनि माक्सको प्रयोगमा कमी आइरहेको बजारमा हिडडुल गर्ने सर्वसाधारणबाट प्रष्ट देखिन्छ ।
यता विद्यार्थीकै लागि भनेर उपमहानगरले ५ लाख रुपैयाँको मास्क तथा सेनिटाइजर वितरण गरिएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले बताउनुभयो । विद्यालयमा अनुगमनका क्रममा विद्यार्थी स्वयम् नै कोरोना भाइरसप्रति जिम्मेवार नरहेको रिमालले बताउनुभयो । अनुगमनका क्रममा प्रायः विद्यालयमा विद्यार्थीले मास्क प्रयोग गरे पनि केही विद्यार्थीले नगरेको पाइएको बताउनुभयो । हामीले विद्यालयलाई पनि कडाइका साथ स्वास्थ्य मापदण्ड अपनाउन निर्देशन दिइएको बताउदैं रिमालले तेस्रो भेरिएन्टको त्रास रहेकाले अभिभावकले पनि आफ्ना बालबच्चालाई माक्स र सेनिटाईजर प्रयोग गराउन आग्रह गर्नुभएको छ ।








