मुख्य खबरसमाचारफिचर

कांग्रेस मकवानपुरगढीमा राजवीरको नेतृत्व

संवाददाता

नेपाली कांग्रेसको १४ औं गाउँनगर अधिवेसनमा मकवानपुरगढी गाउँपालिकामा राजवीर मुक्तान निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार अर्जुनप्रसाद दहाललाई ३७ मत अन्तरले पराजित गर्दै मुक्तान निर्वाचित भएका हुन् । मुक्तानले ८७ मत प्राप्त गर्दा दहालले ५० मत मात्रै प्राप्त गरेका थिए ।

यस्तै उपसभापतिमा सुशीला फुयाँल र थलनाथ घिमिरे निर्वाचित भएका छन् । फुयाँलले १०१ र घिमिरेले ९० मत ल्याएका थिए । उपसभापति पदका अर्का उम्मेदवार मन्दिरा केसीले ६६ मत ल्याइन् ।

पालिकाको सचिवमा आइतसिंह लो र प्रतिमान रुम्बा तथा सहसचिवमा राजेन्द्र लम्साल र रामप्रसाद चौरेल भने सर्वसम्मत रुपमा चयन भएका छन् । १३८ मत रहेको मकवानपुरगढी गाउँपालिकामा १३७ मत खसेको थियो । अन्य सदस्य पदमा भने सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत टिका प्रसाद दाहालले बताए ।