मुख्य खबरसमाचारफिचर

राष्ट्रपतिद्वारा विनियाेजन विधेयक प्रमाणीकरण

संवाददाता

काठमाण्डाै \ राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्काे दुवै सनदबाट पारित भएकाे विनियाेजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रमाणीकरण गर्नुभएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सनदबाट पारित भएकाे विनियाेजन विधेयक २०७८ संविधानकाे धारा ११३ काे उपधारा २ अनुसार प्रमाणीकरण गर्नुभएकाे राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे छ ।

विनियाेजन विधेयक २०७८ प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटाे खुलेकाे छ ।