मुख्य खबरसमाचारफिचर

मकवानपुरगढीमा १४ करोड लागतमा १२० मिटर लामो पक्कीपुल निर्माण सुरु

संवाददाता

खबरबाकस \ मकवानपुरगढी गाउँपालिकामा १४ करोड रुपैयाँ लागतमा १ सय २० मिटर लामो पक्की पुल निर्माणको काम सुरु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नंम्बर २ लामिडाँडा र वडा नम्बर–६ डुम्रेकुना जोड्ने पुल निर्माणको काम सुरु भएको हो ।

पुल नहुँदा हिउँद र वर्षायाममा समेत सवारीका साधन ओहोर दोहोर गर्नका लागि वर्षौ देखि समस्या भएको र अब भने सहज हुने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताए । संघीय सरकारको लगानीमा ठेक्का मार्फत पुल निर्माण सुरु भएको हो । पुल निर्माणले विकाशको महत्वपुर्ण कोषेढुङ्गा सावित हुने उनले बताए ।

डुम्रेकुनामा अस्पताल निर्माण हुँदै गरेकोले यस अस्पतालमा आउनका लागि पनि पुलले निकै सहज हुनेछ । पुल निर्माण भएपछी मकवानपुरगढी गाउँपालिकाका सबै वडाका नागरिकलाई सहज हुने छ । दुइवर्ष भित्रमा पुल निर्माण गर्ने संझौता भएपनि एक वर्षभित्रमा निर्माणको काम सक्ने जनाइएको छ ।