मुख्य खबरसमाचारफिचर

पालिका अधिवेशन असोज ९ गते नै गर्ने कांग्रेसको निर्णय

संवाददाता

हेटौंडा \ नेपाली काँग्रेसको पदाधिकारी बैठकले असोज ९ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका अवरुद्ध प्रक्रियाहरुलाई सहमतिपूर्वक निकास दिँदै जाने र अघि बढीसकेका प्रक्रियाहरुलाई निश्चित टुंगो गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले पार्टीले ९ गतेसम्म पार्टीको क्रियाशील सदस्यता टुंगो लगाउने निर्णय गरेको र पार्टीको पालिका स्तरीय अधिवेशन पछिका अन्य अधिवेशनहरुको हकमा केन्द्रिय समितिले आवश्यक्ता अनुसार अघि बढाउँदै जाने निर्णय भएको बताए ।

प्रवक्ता शर्माले देशभरका नेपाली काँग्रेसका कार्यत्रर्ताहरुलार्ई ९ गतेको पालिका अधिवेशनलाई उत्साहपूर्वक अघि बढाउन आग्रह समेत गरे । उनले सर्वसम्मत रुपमा पदाधिकारी निर्वाचित हुने ठाउँमा सर्वसम्मतिको प्रक्रिया र नहुने स्थानमा लोकतान्त्रिक स्वस्थ अभ्यासको वातावरणबाट टुंगो लगाउन अपील गरे ।