मुख्य खबरसमाचारफिचर

गाई काट्ने अभियोगमा २ महिला सहित १० जना पक्राउ

संवाददाता

 खबरबाकस  \  मकवानपुरको पूर्वी बकैया गाउँपालिकामा गाई काटेको अभियोगमा १० जनालाई पक्राउ गरिएको छ ।

आईतबार बकैया गाउँपालिकाको वडा नंबर ११ स्वबिमा गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ५० केजी गाईको मासु सहित फेला पारी १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी निरिक्षक देवेन्द्र दासले बताउनुभयो ।

पक्राउ पर्नेहरुमा बकैया ११ कालिदमार बस्ने वर्ष ३८ को जनक बहादुर लो, सोहि स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रविन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राज कुमार घलान, ४८ वर्षीय प्रलाद भक्त न्यासुर, च्याउँच्याउ बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सन्च माया भोलन, १६ वर्षीय सन्देश विक, ४० वर्षीय सुन बहादुर तामाङ, ३६ वर्षीय फुल माया थिङ रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यलय मकवानपुर र ईलाका प्रहरी कार्यलय फापरबारीबाट खटिएको प्रहरी टोलीले आईतबार साँझ पक्राउ गरिएको प्रवक्ता  दासले बताउनुभयो । उनीहरु माथी घटनाको विषयमा थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।