
काठमाडौं \ प्रमुख विपक्षी नेकपा एमालेका सांसदको नाराबाजीबीच प्रतिनिधिसभामा बजेट पारित भएको छ ।
सोमबारको बैठक शुरु भएपछि एमाले सांसदहरुले नाराबाजी गर्दै अवरोध गर्न खोजेका थिए । तर बजेटमाथि केही समय छलफल गरेर पारित भएको हो । बैठक २०७८ असोज ७ गते बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । अब मंगलबार बस्ने राष्ट्रियसभाको बैठकमा बजेट पेश हुनेछ ।
एमाले अध्यक्षका अध्यक्ष समेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न शेरबहादुर देउवा नेतृत्वको प्रतिस्थापन विधेयक ल्याएकोमा अवरोधका कारण पास हुन सकेको थिएन । बजेट पास नहुँदा सरकारले गर्ने खर्च रोकिएको थियो ।








