मुख्य खबरसमाचारफिचर

एमालेले अवरोध गरे पनि आज विनियोजन विधेयक पारित गर्ने तयारी

संवाददाता

काठमाण्डाै \ नेकपा एमालेले अवरोध गरे पनि सरकारले आज बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । गएको शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्चिन नपाएको सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ ।

विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेकाले मन्त्रालयगत छलफल सकेर आजको बैठकमै अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्न लाग्नुु भएको हो । त्यसपछि राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल गरेर संशोधनका लागि ७२ घण्टाको अवधि सुरु गर्ने तयारी छ ।