
खबरबाकस \ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले सात जना जुवाडेलाई पक्राउ गरेको छ ।
हेटौडा १ चाईना क्वाटर बस्ने राकेश के।सीको घरमा पैसाको हारजित हुनेगरी तास खेलिरहेको भेटिए पछि ४ बुक तास, २६ हजार ९८५ रुपैयाँ नेपाली र १हजार ५ सय भारतिय रुपैयाँ सहित सात जनालाई पक्राउ गरिएको प्रवक्ता एंव प्रहरी निरिक्षक देवेन्द्र दासले बताए । नगद सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
पक्राउ पर्नेमा हेटौडा १ बस्ने राकेश के.सी,सोही स्थान बस्ने रमेश श्रेष्ठ, प्रदिप जंग पण्डित, पदम बहादुर भण्डारी, एक बहादुर थापा, दिपेन्द्र कुमार मिश्र, धादिङ जिल्ला धुनिवेशि नगरपालिका ९ घर भई हेटौंडा १ बस्ने बाबु कृष्ण उप्रेति रहेको प्रहरी निरिक्षक दासले बताए ।








