
काठमाडौं \ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनक भित्र रहेका केही दल भित्रको आन्तरिक व्यवस्थापनको अलमलका मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको बताउनु भएको छ । आज गणेशमान सिहंको २५ औं स्मृतिम दिवसको अवसरमा आयाेजना गरिएकाे कार्यक्रममा बोल्दै नेता सिहले साे कुरा बताउनु भएको हो । कार्यक्रमा नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार हुनमा ढिलाई भएको भन्दै छिटै सरकारले पुर्णता पाउने बताउनु भएको छ ।
त्यस्तै नेता सिंहले पार्टीको १४ औं महाधिबेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताउनुभयो । उहाँले पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्नु पर्ने बताउनु भयो ।अर्को प्रसङ्गमा नेता सिंहले साझा उम्मेद्वार छान्ने विषयमा छलफल भइरहेकाे बताउदै आफु सभापतिको उम्मद्वारबाट पछि नहट्ने बताउनुभयाे ।
कार्यक्रममा उहाँले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुढयाएको योगदानको स्मरण गर्नु भएको थियो । साथै कांग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमुल्य योगदान रहेको नेता सिंहको भनाइ थियो । गणेशमान सिह फाउन्डेसनले कार्यक्रमकाे आयोजना गरेको थियाे ।








