मुख्य खबरसमाचारफिचर

नेकपा एकीकृत समाजवादी मकवानपुरको पार्टी कार्यालय उद्घाटन

संवाददाता

नेकपा एकीकृत समाजवादी मकवानपुरको पार्टी कार्यालय  स्थापना गरिएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर ४, शितल महलचोकस्थित पार्टी कार्यालयको विहीबार एकीकृत समाजवादीका केन्द्रिय सदस्य,बागमती प्रदेश इन्चार्ज केदार प्रसाद न्यौपानेले रिबन काट्दै कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै पार्टी केन्द्रिय सदस्य न्यौपानेले नेताहरुको रगत पसिनाले निर्माण गरिएको पार्टी बिस्र्जनबादीका हात पुगकोले एकीकृत समाजवादी पार्टी निर्माण गर्नुपरेको प्रष्ट्याए ।

यस्तै, पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले आफुहरुमा हिजो जनताका बिचमा गएर गरिएको प्रतिबद्घता पुरा गर्ने दायित्व आइपरेको बताए । यस्का लागि उच्च मनोबलका साथ आफुहरु जुट्ने पनि उहाँले बताउनु भयो । कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु ललित बस्नेत, मुनु सिग्देल, सुर्यचन्द्र न्यौपाने, पार्टी मकवानपुरका उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल लगायतको आतिथ्यता थियो ।

पार्टी जिल्ला कमिटिको सपथग्रहण आगामी असोज ९ गतेका लागि तय गरिएको छ । यो दिन पार्टी नगर कमिटी समेत घोषणाको तयारी गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिए । पार्टीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सो दिन अनेमसंघ, युवासंघ,अनेरास्ववियूको जिल्ला कमिटि घोषणा गरिने तयारी भएको उनले बताए ।