
खबरबाकस \ बागमती प्रदेश सरकारले प्रदेश सरकारका मन्त्री र पदाधिकारीहरुकोआचार संहिता, २०७८ पास गरेको छ । प्रदेशको मन्त्रिपरिषद्को बैठकले आचार संहिता पास गरेको हो । प्रदेशका मन्त्री तथा पदाधिकारीले बागमतीका मन्त्री तथा पदाधिकारीहरुलाई आचार संहिताः कुनैपनि नियुक्तीमा आफन्त र नातागोतालाई प्राथमिकता दिन नहुने गरी आचार संहिता पास गरेको छ ।
बागमती प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गर्ने, यूवा र महिलाको लागि आत्मनिर्भर बनाउन उद्यमशीलताको विकास गर्ने, सार्वजनिक सेवा प्रवाह सुशासनयुक्त प्रदेश बनाउने गरी आचार संहिता पास गरेको छ । संविधान कार्यान्वयनमा सकृय पहल गर्ने, दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिमा लगनशील भई शासन प्रणालीलाई सहभागितामूलक बनाउने, देश र जनताको हित र सेवामा निरन्तर सकृय रहने उद्धेश्य पूर्तिका लागि सुशासन व्यवस्थापन तथा सञ्चालन गर्ने गरी आचार संहिता पास गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार सविकास मन्त्री केशवराज पाण्डेले बताउनुभयो ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेश सुशासन ऐन, २०७७ को खफा ४६ ले दिएको अधिकार प्रयोग गरी बागमती प्रदेश सरकार, मन्त्रिपरिषद् ले आचार संहिता जारी गरेको प्रवक्ता पाण्डेले बताउनुभयो ।











