मुख्य खबरसमाचारफिचर

मुख्यन्यायधिवक्ताले बुझाए वार्षिक विवरण प्रतिवेदन

संवाददाता

खबरबाकस \ बागमती प्रदेशका मुख्यन्यायधिवक्ता ओम प्रकास थपलियाले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई वार्षिक प्रतिवेदन आज पेश गर्नु भएको छ । वितेको आर्थिक वर्षमा मुख्यन्यायधिवक्ता कार्यालयले गरेका कामको विवरण समेटिएको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गर्नु भएको हो । प्रत्येक वर्ष मुख्यन्यायधिवक्ता कार्यालयले वार्षिक प्रतिवेदन पेश गर्दै आएको छ । आफुहरुले वर्षभरी गरेका कामका विषयमा प्रतिवेदन पेश गरिएको मुख्यन्यायधिवक्ता थपलियाले बताउनुभयो ।

संविधानको धारा १६० मा प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने संवैधानिक व्यवस्था रहेको छ । मुख्य न्यायधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने व्यवस्था गरेको छ । प्रस्तुत प्रतिवेदनमा यस कार्यालयले वर्ष भरिमा संवैधानिक एवं कानूनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकार वादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा प्रतिरक्षा गरिएको संक्षिप्त विवरण मुद्दा मामिलामा गरिनुपर्ने सुधारको विवरण उल्लेख गरिएको छ ।

गत आर्थिक वर्ष ०७७–७८ मा सर्वोच्च अदालतमा ६१ थान, उच्च अदालत पाटनमा ९ थान, सिन्धुली जिल्ला अदालतमा १ थान, चितवन जिल्ला अदालतमा १ थान र प्रशासकीय अदालत काठमाडौंमा २ थान गरी गरी जम्मा ७४ थान मुद्दा रहेका छन् भने मुद्दामा सफलताको स्थिति ७७५ सफल रहेको उहाँले बताउनुभयो । यस कार्यालयमा विभिन्न मन्त्रालय तथा कार्यालयहरुबाट ७ वटा कानूनी राय तथा सुझावहरु माग गरिएकोमा सोको जवाफ लेखी पठाईएको थियो ।